भारतमा एकै परिवारका ६ बालबालिकाको नदीमा डुबेर मृत्यु

शनिबार, २० बैशाख २०८२

काठमाडौं । भारतको गुजरातको नदीमा डुबेर १४ देखि १६ वर्ष उमेर समूहका ६ बालबालिकाको मृत्यु भएको छ । एकै परिवारका सबै ६ बालबालिका स्थानीय नदीमा पौडी खेल्न गएका प्रहरीले जनाएको छ । 

पानीको बहाव बढी भएकाले उनीहरूको मृत्यु भएको बताइएको छ । उनीहरू अहमदाबादबाट खेडा जिल्लामा रहेको मामाको घरमा गर्मी बिदा मनाउन गएका थिए । 

मृतक सबै ६ जनाको शव फेला परिसकेको प्रहरीले बताएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार