आजको राशिफल बि.सं. २०८२ असार १९ गते बिहिबार, ई.सं. २०२५ जुलाई ०३

विहीबार, १९ असार २०८२

आजको राशिफल बि.सं. २०८२ असार १९ गते बिहिबार ई.सं. २०२५ जुलाई ०३ नेपाल सम्बत ११४५ दिल्लाथ्व अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल अष्टमी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, परिधि योग, बव करण ।

आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर १२ मिनेट देखि ०६ बजेर ५६ मिनेट सम्म छ ।

यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज गोरखकाली पुजा पनि रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार