'प्रधानमन्त्रीलाई हेलिकोप्टरबाट भाग्ने मौका दिन्छौ’ : राजेन्द्र लिङ्देन

गणतन्त्र दिवसमै गणतन्त्र अन्त्यको आन्दोलन सुरु गर्दै राप्रपा

मंगलबार, ०६ जेठ २०८२
फाइल तस्बिर

काठमाडौं : आगामी १५ गतेदेखि निर्णायक आन्दोलनको घोषणा गरेका राजसंस्थावादीले गणतन्त्रको जरा उखेल्ने निधो गरेका छन्।

यहि मेसोमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले यहि आन्दोलन निर्णायक र अन्तिम हुने पनि बताए।

सो क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेतालाई भाग्नका लागि हेलिकोप्टर प्रयोग गर्न दिने लिङ्देनले उद्घोष गरेका छन्।

राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि गणतन्त्र दिवसको दिनदेखि सुरु गर्ने आन्दोलन निर्णायक हुने बताएका हुन्। प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने उनको भनाइ छ।

‘उमेरका हिसाबले पनि भाग्न सकिँदैन भनेर प्रधानमन्त्रीले सदनमा भन्नुभयो, भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ’, लिङ्देनले भने,‘हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने । त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो।’

यसपाली टुङ्ग्याएर नै छाड्ने बताएका उनले आन्दोलनमा आफूमात्र नभई राजसंस्थावादी सबैका परिवार नै लिएर आउनका लागि आह्वान समेत गरेका लिङ्देनले भने,‘सकेसम्म छरछिमेक र आफन्तलाई पनि लिएर आन्दोलनमा आउनुहोला र नसके घरमा ताला लगाएर सपरिवार आउन उनले अनुरोध गरें।’

उनले आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण हुने बताए। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार