इलाम : इलामको रोङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको विशेष कार्यक्रममा आर्थिक वर्ष २०८१र०८२ का लागि रोङलाई यो उपलब्धि प्राप्त भएको हो।
घोषणा कार्यक्रममा पाँचथरको हिलिहाङ गाउँपालिकाका अध्यक्ष समर बहादुर अधिकारी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो, उपाध्यक्ष बिष्णु माया खवास, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार चौहान, स्वास्थ्य शाखा प्रमुख युवराज काफ्ले लगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य स्वयंसेवक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वास्थ्य सेवामा उत्कृष्ट योगदान पुर्याएको भन्दै स्वास्थ्यकर्मी सन्ध्या राईलाई नगद पुरस्कारसहित सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख काफ्लेले जानकारी दिए।
यसअघि इलामकै देउमाई नगरपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रूपमा घोषणा भइसकेको छ।
प्रतिक्रिया