एनआईसी एशिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

बुधबार, १८ भदौ २०८२
File Photo

काठमाडौं :एनआईसी एशिया बैंकका ग्राहकले अब नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन्।

यस सम्बन्धमा बैंक र होटलबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झौतापछि बैंकका ग्राहकले उक्त होटलमा कुनै पनि सेवा लिई डिजिटल भुक्तानी गर्दा छुट प्राप्त गर्नेछन्।

ग्राहकहरूले छुटको सुविधा पाउन एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ। त्यस्तै, मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्दा पनि छुट पाइने बैंकले जनाएको छ।

एनआईसी एशिया बैंकले माउन्टेन भिस्टा रिट्रिटसँगको सहकार्यले ग्राहकलाई आकर्षक सुविधा उपलब्ध गराउने मात्र नभई मुलुकमा डिजिटल भुक्तानी संस्कृतिलाई प्रवर्द्धन गर्दै नगदरहित कारोबारलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार