चितवन-२ को मतगणना सुरु

सोमबार, ११ बैशाख २०८०
चितवन । चितवन-२ मा उपनिर्वाचनको मतगणन सुरु भएको छ । दिउँसो २ बजेपछि मतगणना गर्ने सहमतिअनुसार सुरु भएको हो । मतदान सम्पन्न भएसँगै चितवनको मतगणना आइतबारै सुरु गर्ने तयारी थियो । तर रास्वपाका उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन आचारस‌हिता उल्लंघनको उजुरी परेकाले त्यसै सम्बन्धी विवादका कारण आइतबार राति सर्वपक्षीय बैठक बस्न सकेन । बैठक सोमबार बिहान बोलाइएको थियो । आज बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो २ बजेदेखि मतगणना गर्ने सहमति बनेको हो । यस निर्वाचन क्षेत्रमा रास्वपाबाट रवि लामिछाने, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसबाट जितनारायण श्रेष्ठ चुनानी मैदानमा छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार