काँसघारीमा लुकाएको अवस्थामा  हतियार फेला

शुक्रबार, ०४ पुस २०८२

झापा :  झापाको दमक नगरपालिका वडा नम्बर १ बुद्ध टोलको रतुवा खोला किनाराको काँसघारीमा बेवारिसे अवस्थामा केही हातहतियार फेला परेको प्रहरीले जनाएको छ । 

रतुवा खोला किनाराको काँसघासमा लुकाएको अवस्थामा स्थानीयले हातहतियार देखेपछि इलाका प्रहरी कार्यालयमा दमकमा जानकारी गराएका थिए । स्थानीयले हातहतियार रहेको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दमकबाट  प्रहरी नायव उपरीक्षक किशोर लम्सालको नेतृत्वको प्रहरी टोलीले म्याग्जिन सहितको ३११०३३६१ नम्बर भएको ईन्सास राइफल म्याग्जिन सहितको ३११०३३६४ नम्बर भएको ईन्सास राइफल म्याग्जिन नभएको ३११०३५१२ नम्बर भएको ईन्सास राइफल , ३०३ को जंगी राउण्ड थान १३४  , एसएलआर जंगी राउण्ड थान– ५ इन्सासको  जंगी राउण्ड थान २० र गोली राख्ने बिन्दुली थान–३ बरामद गरेको छ । 


काँसघारीमा फेला परेको हतियार जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका भएको समेत प्रहरीले जनाएको छ । सो विषयमा थप अनुन्धान सुरु गरिएको समेत प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार