गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कोशी प्रदेशद्वारा अभिकर्ता सम्मान

शनिबार, १३ मंसिर २०८२

विराटनगर : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कोशी प्रदेश कार्यालयले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता तथा ग्राहकहरूलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ। कोशी प्रदेश प्रमुख थिरलोचन श्रेष्ठको उपस्थितिमा आयोजित कार्यक्रममा अभिकर्ता पुनर्ताजगीसहित प्रशिक्षण सत्र पनि गरिएको थियो।

कार्यक्रममा विराटनगर शाखाका कर्मचारी, एजेन्सी म्यानेजर र अभिकर्ताहरूले खादा, माला र बुके मार्फत प्रदेश प्रमुख श्रेष्ठको स्वागत गरेका थिए। प्रमुख प्रशिक्षकको भूमिकामा रहेका श्रेष्ठले करिब तीन घण्टा जीवन बीमा, आर्थिक सुरक्षाको महत्व तथा बैंक–बीमा सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरे।

WhatsApp Image 2025-11-29 at 19.27.15

श्रेष्ठले जीवन बीमा वचत, लगानी, कर छुट, ऋण सुविधा र आर्थिक सुरक्षा सबैमा उपयोगी हुने उल्लेख गर्दै, निम्न आय वर्गसम्म सेवा पु¥याउन गार्डियन माइक्रो लाइफको स्थापना गरिएको बताए।

कार्यक्रमकै अवसरमा जीवन बीमा गराउने निर्मला कुमारी मेहता र सिकेन्द्र सिंह यादवलाई विशेष सम्मान गरिएको थियो। साथै विभिन्न पुरस्कार विधामा विजयी इन्दिरादेवी भट्वाल र सन्ध्या नेपाललाई पनि सम्मान प्रदान गरिएको थियो।

कार्यक्रम विराटनगर शाखा प्रमुख विमला पराजुलीले सञ्चालन गरेकी थिइन्। व्यवस्थापन तथा सहजीकरणमा विनिता निरौला र शुष्मा तिम्सिनाको सक्रिय भूमिका थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार