एमाले प्रतिनिधि छनौट : झापामा ओली पक्षीय उम्मेदवारको बर्चश्व

शनिबार, १३ मंसिर २०८२

झापा  : नेकपा एमालेको ११ औँ महाधिवेशन प्रतिनिधि चुनावमा झापा क्षेत्र नं. १ बाट अध्यक्ष केपी शर्मा ओली पक्षीय उम्मेदवार विजयी भएका छन्। खुला, महिला र युवा वर्गका उम्मेदवारले पनि अग्रता कायम गरेका छन्।

शनिबार सम्पन्न निर्वाचनमा खुलातर्फ खेमराज पोखरेलले ९६५ मत प्राप्त गरी पहिलो स्थानमा रहे। लक्ष्मीकुमार राई ८२८ र असारु राजवंशी ८९२ मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए।

महिलातर्फ रमा भण्डारी ढकाल ११०५ र जानुकादेवी ओली ९३६ मतसहित विजयी भइन्। युवातर्फ दीपक बराल ८३३ मतसहित निर्वाचित भए।

पराजित उम्मेदवारमा इश्वर पोख्रेल पक्षका जगन भट्टराई ३०९, गोविन्द गिरी ४०० र हर्कबहादुर बस्नेत ३५४ मतसहित पराजित भए। युवातर्फ प्रितम काफ्ले ५०९ र दुर्गा डाँगी ५२३ मत प्राप्त गरे।

निर्वाचनमा दुवै पक्षले उम्मेदवार उत्राएका थिए। झापा–१ बाट ६ जना प्रतिनिधि निर्वाचित भए। कुल ११ जना उम्मेदवार मतदानमा सहभागी भएका थिए।

निर्वाचन बिहान १० बजेबाट दिउँसो २ बजे सम्म चार स्थानमा सम्पन्न भएको थियो। २६३५ मतदातामध्ये १४५५ जनाले मतदान गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार