काठमाडौं : देश अत्यन्तै असहज अवस्थामा रहेको समयमा पार्टीले राष्ट्रियता, लोकतन्त्र, शान्ति–सुव्यवस्था, सुशासन र विकासको झण्डा उठाएर आन्दोलन गरेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
११औँ महाधिवेशनको समापन समारोलाई सम्बोधन गर्दै विहीवार साँझ ओली असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित एमाले देशव्यापी आन्दोलनमा उत्रिएको उल्लेख गरेका हुन् ।
अध्यक्ष ओलीले संविधान मिचिएको अवस्थामा त्यसलाई सही बाटोमा फर्काउने, राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र देशको हितमा आँच आउन नदिने उद्घेश्यका साथ आन्दोलन अघि बढाइएको जानकारी गराए । त्यही आन्दोलनकै बीचमा ११औँ महाधिवेशन आयोजना गरिएको उल्लेख गर्दै अध्यक्ष ओलीले यो महाधिवेशन ‘पुराना पार्टीहरू समाप्त भए’ भन्ने भाष्यको सशक्त जवाफ भएको बताए ।
प्रतिक्रिया