कांग्रेस नेता अर्जुननरसिंह केसीले चुनाव नलड्ने

शनिबार, ०५ पुस २०८२

काठमाडौं । २०३८ सालदेखि नुवाकोटबाट निरन्तर चुनाव लड्दै आएका कांग्रेस नेता अर्जुननरसिंह केसीले आसन्न प्रतिनिधि सभा चुनाव नलड्ने घोषणा गरेका छन् । पार्टीका नेता कार्यकर्ताले क्षेत्रबाट सिफारिस हुन आग्रह गरेकोमा केसीले अघिल्लो चुनावमै अन्तिमपटक भनेर भोट मागेकाले अब चुनाव नलड्ने बताएका हुन् ।

केसी २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य भएका थिए । उनी २०४३ मा हारेपछि सोही निर्वाचनमा जिल्ला पञ्चायत सभापति भएका थिए । त्यसयताका २०४८ देखिका ६ वटा निर्वाचन लडेका केसीले ४५ वर्षपछि प्रत्यक्ष निर्वाचनको दौड छाडेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार