बालेन रानितिक भेटवार्तामा सक्रिय

विहीबार, १० पुस २०८२
फाइल फोटो

काठमाडौं । नयाँ शक्ती निर्माणका विषयले चर्चा पाइरहेको समयमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह बालेनले राजनितिक भेटघाटलाई तीव्र वनाएका छन् । केही राजनितिक व्यक्तिहरुसंग भेटघाट सम्पन्न गरेका बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विच अहिले भेटवार्ता भईरहेको हो । 

ललिपुरमा बालेन निकट एक जनाको घरमा लामिछाने र बालेनविच भेटवार्ता चलिरहेको जनाइएको छ । भेटवार्तामा युवा तथा नयाँ शक्तीहरुविच एकताका विषयमा कुराकानी हुने अनुमान गरिएको छ। फुट होइन जुट हुनु पर्छ भन्ने अभिव्यक्ति दिदै आएका बालेनको राजनितिक दलका नेताहरुसंगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

बालेनले सुदन गुरुङ, गणेश कार्की, नेपाली काँग्रेसका नेता सुनिल शर्मा , राप्रपा नेता ज्ञानेन्द्र शाही , उर्जा मन्त्री कुलमान घिसिङ लगायतसंग भेटवार्ता गरिसकेका छन्। भेटका विषयमा केही कुराहरु सार्वजनिक नभएपनि निजिकी रहेको निर्वाचनलाई लक्षित गरी नयाँ शक्ती निर्माणको विषयमा छलफल भएको अनुमान गरिएको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार