कांग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि २५ लाख सहयोग

सोमबार, १४ पुस २०८२
File Photo

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले कांग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि रु २५ लाख आर्थिक सहयोग गरेको छ ।

एसोसिएसनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कार्यालयको भवन पुनर्निर्माणका लागि उठाइएको रकम आज यहाँ कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई हस्तान्तरण गरिएको एसोसिएसनका अध्यक्ष दीपक थापाले जानकारी दिए ।  

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहयोगका लागि एसोसिएसनलाई धन्यवाद दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा एसोसिएसन अध्यक्ष थापा, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भूवनसिंह गुरुङ, महासचिव महेशकुमार बस्नेतलगायतको उपस्थिति रहेको थियो । 

जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कार्यालयको हाल मर्मत भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार