सिन्धुलीमा कार दुर्घटना: दुई जनाको मृत्यु

आइतबार, १७ बैशाख २०८०
सिन्धुली । बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका-२ को पिपलभन्ज्याङमा कार दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट सिन्धुली आउँदै गरेको बा ८ च ९१३५ नम्बरको कार आइतबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा झापा, सुरुंगा-४ का ४३ वर्षीय कुमार पुरी  र सिन्धुलीको मरिण गाउँपालिका-३ ठेगाना भइ हाल काठमाडौं गौरीघाट बस्दै आएकी ३८ वर्षीया सहारा प्रसाईंको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना परी घाइते भएका प्यूठानका योगेन्द्र थापाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार