काठमाडौं । निजामती कर्मचारीहरुले सिंहदरबारमा सांकेतिक धर्ना दिएका छन् ।
बिहीवार संघीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीहरुले सिंहदरबारको दक्षिण गेटमा सांकेतिक धर्ना दिएका हुन् ।
उनीहरुले संघीय निजामती ऐन जारी नगरे वैशाख २४ गतेदेखि आन्दोलन झनै चर्काउने चेतावनी दिएका छन् ।
२४ गतेसम्म पनि सरकारले आफूहरुका मागलाई चासो नदिए सिंहदरबारको काम ठप्प बनाउने र देशभर आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।
‘हिजोमात्रै प्रधानमन्त्री, सामान्य प्रशासन, कानुन, अर्थमन्त्रीलाई हामीले संघीय निजामती ऐनअनुसार समायोजनको कानुन बनाउन आग्रह गरेका थियौँ, संघीय निजामती ऐन नबन्दा धेरै समस्या भएको छ,’ उनले भने, ‘हामीले संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय निजामती सेवा ऐन जारी गर्न सांकेतिक रुपमा आन्दोलन गरेका हौँ । कर्मचारीहरु प्रवेश नगरी सांकेतिक आन्दोलन गरेका हौँ । यो कुरा सरकारले मानेन भने २४ गते फेरि बैठक बसेर कडा आन्दोलन गर्नेछौँ । आवश्यक परे हामी देशभर आन्दोलनको आह्वान गर्दछौँ । सिंहदरबार नै ठप्प गर्नेगरी हामी आन्दोलन गर्नेछौँ ।’
यसअघि पनि निजामती कर्मचारीहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै विभिन्न चरणमा सांकेतिक विरोध जनाउँदै आएका थिए ।
प्रतिक्रिया