संघीय संसद्को बजेट अधिवेशन भोलिदेखि

शनिबार, २३ बैशाख २०८०
काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुँदैछ । संसद् सचिवालयले अधिवेशनका लागि आवश्यक पर्ने क्यालेण्डर तयार पारेको छ । कार्यव्यवस्था समितिमा छलफल गरि यसलाई अन्तिम रुप दिने सचिवालयले जनाएको छ । संसद् सचिवलायले अधिवेशनमा बजेट पेस हुनुअघि नै सक्नुपर्ने प्रि–बजेट छलफलको तालिका तयार पारेको हो । प्रि–बजेट छलफल र नीति तथा कार्यक्रमपछि जेठ १५ मा बजेट पेस हुनेछ । त्यसपछि मन्त्रालयगत रुपमा छलफल हुने र विनियोजन विधेयक पास गर्ने कार्यतालिका छ । बजेट अधिवेशनले नियमित कामबाहेक कानुन निर्माणमा पनि ध्यान दिनुपर्ने माग प्रमुख प्रतिपक्षी दलको छ । सरकारले पनि बजेट अधिवेशनसँगसम्बन्धी सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । अघिल्लो अधिवेशनमा कानुन निर्माण गर्न नसकेपछि सरकारले काम दिन नसकेको भन्दै आलोचना भएको थियो । यसपटक कानुन निर्माणको पाटोमा पनि काम हुने सरकारको दाबी छ । अधिवेशनको पहिलो बैठकमा पेस हुने कार्यसूची तयार गर्न भोलि बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार