ईशान बाल अस्पतालको आयोजनामा रक्तदान कार्यक्रम

आइतबार, २४ बैशाख २०८०
काठमाडौं । ईशान बाल तथा महिला अस्पतालले वार्षिकोत्सव अवसरमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अस्पताल र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा अस्पतालले आफनै भवनमा रक्तादन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी तथा टोखा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष मदन गुरुङको समेत सहभागिता रहेको थियो । अस्पतालका निर्देशक डा.रामनन्दनप्रसाद चौधरीका अनुसार रक्तदान कार्यक्रममा १२ रक्तदाताले रगतदान गरेका थिए । अस्पतालको आफ्नो ब्लड बैंक सञ्चालन गर्न आवश्यक पूर्वाधार व्यवस्थापन भइसकेकाले चाँडै ब्लड बैंक सञ्चालन गरी आवश्यक पर्ने रगतको व्यस्थापन गरिने अस्पतालका महाप्रबन्धक भक्तबहादुर शाहीले बताए । रक्तदान कार्यक्रममा सहयोग गर्ने अस्पतालका कन्सल्टेन्ट प्याथोलोजिस्ट डा.गीता शाक्य तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्र र रक्तदातालाई शाहीले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार