भीरबाट लडेर आमा छोराको मृत्यु

मंगलबार, १६ जेठ २०८०
काठमाडौं ।  दक्षिणी धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका वडा नम्बर-२ स्थित मासखर्कको जाउला थाईमा भीरबाट लडेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका छोरा दुई वर्षीय साजन रहेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अप्सरा ८ महिनाको गर्भवतीसमेत थिइन् । सोमबार अपराह्न छोरासहित घाँस काट्न गएको बेला छोरा भीरबाट लडेपछि समात्न जाँदा अप्सराको पनि खसेर मृत्यु भएको हो । मृतकको शवलाई अहिले मलेखुस्थित स्थानीय अस्पतालमा राखिएको र पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार