काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेका छन् ।
उनले मन्दिरका पुजारीबाट फूल एवम् प्रसाद ग्रहण गरेका थिए । राष्ट्रपति पौडेललाई ललितपुर क्षेत्र नम्बर १ का सांसद उदयशम्सेर राणा, ललितपुर महानगरपालिकाका प्रमुख िचरिबाबु महर्जन र महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरेका थिए ।
प्रत्येकवर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा छ ।
प्रतिक्रिया