एमालेमा ठूलो पहिरो जाँदैछः खनाल

बुधबार, २० भदौ २०८०
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमालेमा ‘ठूलो पहिरो जान लागेको’ बताएका छन् । बुधबार समाजवादी आदिवासी जनजाति काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले, अब एमालेमा ठूलो पहिलो जाने भन्दै त्यसका लागि आफ्नो पार्टीले सही बाटो लिनु पर्ने बताए । ‘अहिले हामी के कुरामा बढी मात्रामा चिन्तित छौ ंभने हामी सँगसँगै विद्रोह गरेर आएका कतिपय साथीहरु पलायन हुँदै फेरि एमालेतर्फ फर्के भन्ने चिन्ता पनि हामीसँग छ । विभिन्न जिल्लामा यस्ता घटनाहरु घटिरहेका छन्’ उनले भने ‘तर यही मञ्चबाट तपाईं हामीले एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गराएका छौं । यो के को थालनी हो भने अब एमालेभित्र पहिरो जाँदैछ । हामीले सही बाटो लिने हो भने केही वर्षभित्र हाम्रो पार्टी राष्ट्रव्यापी बन्न सक्छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार