नेकपा एमाले पहिचान विरोधी पार्टी नभएको बताउँर्दै उनले एमालेको नेतृत्वमा पहिचानका मुद्दाहरु स्थापित भएको बताए । उनले नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउनदेखि लिएर सर्वस्विकार्य सविधान घोषणा तथा महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभुती घोषणा गर्ने काम नेकपा एमालेको नेतृत्वमा भएको बताए ।
राष्ट्रिय युवा सघले कोशी प्रदेशको अधिवेशन धरानमा गर्ने भएपछि पहिचानवादीहरुले विरोध गरेका थिए । पहिचानवादीहरुले कोशी प्रदेश नामाकरण आफुहरुलाई स्विकार्य नभएको भन्दै युवा सघलाई कोशी प्रदेश लेखिएको ब्यानर प्रयोग नगर्न आग्रह गरेका थिए । तर युवा सघले ब्यानरमा कोशी प्रदेश प्रयोग गरेपछि पहिचानवादीहरुले विरोध प्रदर्शन गरेका थिए ।
शनिबार र आइतबार दुई दिनसम्म हुने अधिवेशनले राष्ट्रिय युवा सघको कोशी प्रदेश कमिटि निर्वाचित गर्नेछ ।
प्रतिक्रिया