पाँच वर्षसम्म यही गठबन्धनः प्रधानमन्त्री दाहाल

सोमबार, २५ भदौ २०८०
विराटनगर । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५ वर्षसम्म यही गठबन्धनले निरन्तरता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सोमबार संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । त्यस क्रममा उनले गठबन्धन टिक्ने कुरामा ढुक्क हुन आग्रह गरे । ‘५ वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस्,’ प्रचण्डले भने । उनी कोशी प्रदेशको राजधानी विराटनगरमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देशसभामा सहभागी हुन विराटनगर आएका हुन् । सभालाई मोर्चाका शीर्ष नेता र पूर्वप्रधानन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार