'सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिएपछि पार्टी चल्छ कसरी ?'

बुधबार, २७ भदौ २०८०
धुलिखेल । कांग्रेस नेता शेखर कोइरालाले पार्टीका सभापति र दुई महामन्त्री दुई ध्रुवमा बाँडिएको बताएका छन् । ‘सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाँडिनुभएको छ,’ बीपी स्टडी युथ सर्कलले धुलिखेलमा गरेको कार्यक्रममा बोल्ने क्रममा उनले प्रश्न गरे, ‘अनि पार्टी चल्छ कसरी ? हामीले यो सोचेका छौं कहिले ?’ सभापतीय प्रणाली हो भने त्यै हिसाबले चल्नु पर्ने र हैन भने अरु उपाय खोज्नु पर्ने उनले बताए । उनले पार्टी सञ्चालनका लागि गम्भीर भएर सोच्नु पर्ने बताए । सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महामन्त्री गगन थापाले सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् । पुरानै पाराले पार्टी चलेको र अबका दिनमा यसरी चल्न नसक्ने भन्दै उनले सुधार गर्न पटकपटक माग गर्दै आएका छन् । अरु कतिपय नेताहरुले भने सभापतिलाई मात्र दोष दिएर पार्टी सदृढ नहुने भन्दै मिलाएर सहमतिमा अघि बढ्नुपर्नेमा जोड दिंदै आएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार