‘समय चेत बुझ्न सक्ने व्यक्ति अबको सभापति र प्रधानमन्त्री’

मंगलबार, ०२ असोज २०८०
काठमाडौँ । समय चेत बुझ्न र हाँक्न सक्ने व्यक्ति मात्रै अबको पार्टी सभापति र प्रधानमन्त्री बन्न सक्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । अब बस्ने महासमिति बैठकले यस विषयमा धारणा बनाउनुपर्ने उनले बताए । बैठकले नागरिकमाझ रहेको वितृष्णा चिर्दै नवीन विश्वास जगाउन र ०८२ सालमै महाधिवेशनको सुनिश्चितता समेत गर्न सक्नुपर्ने उनले उल्लेख गरे । बिहीबारदेखि बस्ने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको तयारीका विषयमा छलफल गर्न नेता शेखर कोइरालाले मंगलबार आफूनिकट नेताहरुलाई छलफलका लागि बोलाएका छन् । सो बैठकमा महामन्त्री शर्मालाई समेत निम्त्याइएको थियो । तर शर्माले मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत् कोइरालाले बोलाएको बैठकमा सहभागी नहुने संकेत गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार