एकीकृत समाजवादीको असोज १४ देखि जागरण यात्रा

शुक्रबार, ०५ असोज २०८०
झापा । नेकपा (एकीकृत समाजवादी)ले १४ असोजदेखि समाजवाद जागरण यात्रा शुरु गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीले काँकरभिटास्थित मेची नदीबाट १४ असोजदेखि शुरु गर्ने समाजवाद जागरण यात्रालाई माहाकाली पुगेर सम्पन्न गर्ने भएको हो । बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजित बैठकमा जागरण यात्रालाई व्यवस्थित र सफल बनाउन केन्द्रीय सदस्य तथा झापा जिल्ला इञ्चार्ज पुष्प पोख्रेलको संयोजकत्वमा जिल्ला कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटी सदस्यहरु, केन्द्रिय परिषद सदस्यहरु, केन्द्रीय सदस्यहरु र १५ वटै पालिका कमिटीका अध्यक्षहरु रहेको उपसमिति गठन गरिएको छ । त्यसैगरी, समाजवादी जागरण यात्रा माथी प्रकाश पार्न असोज १३ गते काँकरभिटामा पत्रकार सम्मेलन गर्ने, सोही दिन काँकरभिटामा सडक नाटक मञ्चन गरिने, ५ बजेदेखि ७ सम्म स्थानीय पार्टी बैठक हुने भएको छ । बैठकमा केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश इञ्चार्ज घनेन्द्र बस्नेत, उपमहासचिव डाक्टर बिजय पौडेल, कोशी प्रदेश कमिटी अध्यक्ष बलदेब चौधरी, झापा इञ्चार्ज पुष्प पोखरेल, झापा जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मी, केन्द्रीय सदस्यहरु निलमणी बराल, अशेष घिमिरे, चन्द्रा श्रेष्ठ, केशव बिष्ट, दामोदर अर्याल, मोहन गौतम, अखिल नेपाल किसान महासंघका उपाध्यक्ष देवी बराल, केन्द्रीय सल्लाहकार सदस्य तथा साहित्यकार पुन्यप्रसाद बराल, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश इञ्चार्ज तीर्थराज सिग्देल, वीपी भट्टराई लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार