जातका आधारमा भोट हाल्ने चलन बढेको छ, यो राम्रो होइन : सभापति देउवा

आइतबार, ०७ असोज २०८०
  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन उचित नभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल मुस्लिम संघ तेस्रो केन्द्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढिरहेको भन्दै त्यसो गर्नु उचित नभएको बताए । उनले जनताले जाति भन्दा पनि देशलाई सहयोग गरिरहेको र मानिसहरुले विज्ञ, देशको सेवामा लाग्ने, देशको लागि सहयोग गर्ने, डेडिकेटेड व्यक्ति छानेर भोट हाल्नु पर्ने बताएका छन् । पार्टीले धेरै कुरा गर्न नसकेको भएपनि मुस्लिम धर्मावलम्वीहरुका लागि समानुपातिक समावेशी हिसाबले आरक्षण गर्ने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार