कांग्रेस सिध्याउन खोज्नेहरु आफैँ सकिन्छन्ः मन्त्री बस्नेत

विहीबार, ११ असोज २०८०
काठमाडौं । स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेतले पछिल्लो समय प्रजातन्त्रमाथि निरन्तर आक्रमण भइरहेको बताएका छन् । बिहीबार नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिद्वारा आयोजित विजयादशमी तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा उनले कांग्रेसबिना प्रजातन्त्र नरहने जिकिर गरे । उनले भने, ‘कांग्रेसबिना प्रजातन्त्र रहँदैन भन्ने कुरा सबैलाई थाहा छ । नेपालमा अहिले विभिन्नत रिकाबाट प्रजातन्त्रमाथि आक्रामक शैलीमा गतिविधिहरू भइरहेको बेला सबै व्यक्तिहरु एकढिक्का भएर कांग्रेस पार्टी र प्रजातन्त्रलाई बलियो बनाउनुपर्छ ।’ उनले कांग्रेसलाई कमजोर बनाउन खोज्नेहरु आफै समाप्त भएर जाने तर्क गरे । उनले भने, ‘कांग्रेस भित्रभएकाले पनि कसैले कमजोर बनाउन सक्दैन । र कांग्रेस बाहिर रहेकाले पनि सिध्याउन सक्दैनन् जोजो कांग्रेसविरोधी बनेर आउँछन् हिजो पनि सिद्धिएका छन् । आज पनि सकिन्छन् ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार