एमाले बागमतीमा कैलास ढुंगेल बिजयी

शनिबार, १३ असोज २०८०
काठमाडौं /एमाले बागमतीमा कैलास ढुंगेल बिजयी काठमाडौं  नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल भारी मतका साथ विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा ढुंगेलले प्रतिद्धन्दी कृष्ण प्रसाद दाहाललाई पराजित गरेका हुन् । राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ढुंगेलले ६९६ मत पाएका छन् । निकटम प्रतिस्पर्धी दाहालले ४३९ मत मात्रै प्राप्त गरे । ढुंगेल रामेछापका हुन भने दाहाल मकवानपुरका । ढुंगेललाई जिताउन एमाले नेता महेश बस्नेत खटिएका थिए । दाहाललाई अर्का नेता गोकुल बास्कोटाको समर्थन रहेको बताइएको थियो । नवनिर्वाचित अध्यक्ष ढुंगेल बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री हुन् । प्रदेशको उपाध्यक्षमा दावादोर्जे लामा तथा सचिवमा नवराज सिलवाल विजयी भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार