नगरपालिका प्रमुख र इन्जिनियर भ्रष्टाचारी ठहर

शनिबार, १३ असोज २०८०
काठमाडौं ।  सप्तरीको शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले भ्रष्टाचार मुद्दामा नगरप्रमुख गुप्ता र इन्जिनियर साहलाई दोषी ठहर गरेको हो । दालतले दुवैलाई ६ महिना कैद र ७० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।गुप्ता र साहको मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी गर्दा सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घुस लिएको आरोप लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख गुप्ता र इन्जिनयर साहविरुद्ध रिसवत लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेसँगै निलम्बित भएका थिए । अख्तियारले २०७९ माघ ३ गते इन्जिनयर साहलाई एक लाख ४० हजार रुपैयाँ घुस लिएको भन्दै नियन्त्रणमा लिएको थियो । घटनामा नगरप्रमुख गुप्ताको समेत संलग्नता भएको अनुसन्धानबाट खुलेपछि दुवैलाई विपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार