जिल्ला सम्मेलन विर्तामोडस्थित पाथीभरा सिने प्लाजामा दिनको ११ बजेदेखि आयोजना हुनेछ । बैठकमा पार्टी सचिव कृष्ण हुमागाँईले प्रस्तुत गरेको जिल्ला सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक एवम् भावी कार्यक्रम समेटिएको प्रतिवेदनलाई संशोधनसहित पारित भएको छ ।
त्यसैगरी चाडबाडको मुखमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र एलपी ग्यासमा गरेको मूल्यबृद्धि तत्काल फिर्ता लिन पनि बैठकले माग गरेको छ । बैठकले नेपाल मुस्लिम संघको तेस्रो महाधिवेशनबाट केन्द्रीय पदाधिकारी र सदस्यमा झापाबाट निर्वाचित सबैलाई हार्दिक बधाई ज्ञापन गरेको छ ।
बैठकमा सहभागीहरुले उठाएका जिज्ञासा र प्रश्नहरुको जवाफ सभापति देउकुमार थेवे र उपसभापति केशवराज पाण्डेले दिएका थिए भने कोषाध्यक्ष जलकुमार गुरुङले आर्थिक योजनाका विषयमा जानकारी गराएका थिए ।
प्रतिक्रिया