मोरङ /मोरङको पथरीशनिश्चरेमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका केन्द्रीय नेताहरु आएका छन् ।
पार्टीद्वार आयोजित समाजवादी जागरण अभियान अन्तर्गतको मेची ( महाकाली जागरण यात्राको क्रममा) पार्टीका केन्द्रीय नेता पथरीशनिश्चरे नगरमा आएका हुन् ।
उक्त अवसरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल , पोलिटब्युरो सदस्य कोशी प्रदेश कमिटीका सचिव महेश रेग्मी लगायतका केन्द्रीय, प्रदेश तथा जिल्ला कमिटी तथा उर्लावारी, पथरीशनिश्चरे लगायत विभिन्न पालिका नेता, कार्यकर्ता तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।
सोही अवसरमा पथरीशनिश्चरे १ को लोकतान्त्रिक चोकमा आयोजित संक्षिप्त कोणसभालाई केन्द्रीय कमिटीका डा. प्रकाश पौडेलले संसंबोधन गरेका छन् । केन्द्रीय नेताहरुसहितको बृहत टोलीले मेची महाकाली जागरण अभियान अन्तर्गत आजै विराटचोकमा साँझ पख कोणसभा सम्पन्न गरेको छ।
अभियानको शिलशिलामा केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेत, पोलिटब्युरो सदस्य एंव प्रदेश कमिटीका सचिव महेश रेग्मी, मोरङ जिल्ला कमिटी ईन्चार्ज हर्कमान तामाङ,सह इन्चार्ज चण्डीप्रसाद राई, लगायतका नेताहरुको सकृय सहभागिता रहेको थियो।
प्रतिक्रिया