धार्मिक हिंसा भड्काउन खोजेकाे आरोपमा धर्म गुरु श्रीनिवास आचार्य प्रहरीद्धारा पक्राउ

मंगलबार, १६ असोज २०८०
सुनसरी/ हिन्दुराज्यको माग गर्दै गौ हत्याको बिरोधमा ४ दिन अघि मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित कार्यक्रममा गौ हत्या गर्नेलाई खुकुरी हान्ने धम्की दिने धर्म गुरु श्रीनिवास सुनसरीबाट पक्राउ परेका छ्न ।
आज कोसी प्रदेश कार्यलय बिराटनगर, जिल्ला प्रहरी कार्यलय सुनसरी, ईलाका प्रहरी कार्यलय चकरघट्टिबाट खटिएको प्रहरी टोलिले उनलाई उनकै निवास बराहक्षेत्र ७ बाट पक्राउ गरेको हो । पक्राउ गरेका श्रीनिवासलाई  मधेस प्रदेश प्रहरी कार्यलय लगिएको प्रहरी स्रोतले जनाएको छ ।
सुनसरीको बराह नगरपालिका स्थित आश्रममा बस्दै आएका आचार्य यस अघि आफैलाई गोली हान्न लगाइ धार्मिक द्वेष फैलाउन खोजेको अभियोगमा पक्राउ परेका थिए । नेपाललाई हिन्दु राज्य कायम गर्नुपर्ने माग गर्दै विगतमा भएका आन्दोलनमा आचार्य निकै सक्रिय आएका छन् ।
केहि समय अगाडि सुनसरीको धरानमा चलेको जातीय तथा धार्मिक विवादलाई पनि भड्काउन श्रीनिवासले प्रयास गरेका थिए । धरानमा चर्च र मन्दिरको विवादमा उनले चर्च भत्काउने धम्की दिएका थिए ।तस्बिर: फाइल

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार