चलचित्र प्रेम कथामा आधारित थ्रीलर मुभि रहेको चलचित्रका निर्देशक पौडेलले बताए । लामो समय सञ्चार जगतमा रहेर काम गरेका पौडेल चलचित्रको निर्माता समेत हुन् । धेरै चलचित्र निर्माण गरिसकेका पौडेलले यही चलचित्र मार्फत निर्देशन पक्षमा समेत हात हालेका छन् ।
'तिम्रो मेरो साथ' साथ कस्तो चलचित्र भन्ने जिज्ञासामा पौडेलले चलचित्रको कथा बस्तु अहिलेको पारिवारिक तथा ‘लभ एट्र्याक्सन’मा केन्द्रित रहेको बताएका छन । ‘जीन्दगी जिउँनकालागि एक अर्काको साथको महत्व कति सम्मको हुन्छ भन्ने कुरा चलचित्र देखाउने प्रयास गरेको पौडेलको भनाइ छ ।
चलचित्रमा हास्यकलाकार, अभिनेता तथा सञ्चारकर्मी सन्दिप क्षेत्री सहित पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सरोज खनाल, खड्ग बहादुर पुन९खबपु० लगायतको कलाकारहरुको अभिनय रहेको छ । ३ करोड लगानीमा निर्माण भएको 'तिम्रो मेरो साथ' यही पुस २९ गते नेपालभर साथै अमेरिकामा ३० वटा, क्यानडामा २७ वटा, अष्ट्रेलियामा १६ वटा सिनेमा हलहरुमा प्रदर्शन हुने निर्देशक पौडेलले बताए ।
प्रतिक्रिया