नेपाल प्रेस युनियन मधेस प्रदेश भेला सर्लाहीमा असोज २६,२७ मा हुँदै

बुधबार, १७ असोज २०८०
जनकपुर /नेपाल प्रेस युनियनको मधेश प्रदेश भेला असोज २६ र २७ गते सर्लाहीमा हुने भएको छ । जनकपुरधाममा बुधवार बसेको युनियनको मधेश प्रदेश समितिको बैठकले सो निर्णय गरेको महासचिव अजय कुमार साहले बताएका छन । बैठकले युनियनको मधेश प्रदेश स्तरीय सल्लाहकार समिति गठन समेत गठन गरेको छ । सल्लाहकार समितिमा धनुषाबाट पत्रकार शैलेन्द्र झा, रिंकु मिश्र गायत्री, पर्साका किशोर सिंह, बाराबाट सिकेन्द्र पासवान र सर्लाहीका कृष्ण कुमार एकमाईली रहेका छन् । त्यसै गरि बैठकबाट सचिवालयको समेत गठन गरिएको छ । सचिवालयमा युनियनका मधेश प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठ, उपाध्यक्ष, धिरेन्द्र साह महासचिव अजय साह र कोषाध्यक्ष उदय दास थारु छन भने सदस्यहरुमा विजय साह, संजिव मिश्र र पुस्तिका केसी रहेका छन् । बैठकले मधेश प्रदेशको सिरहा जिल्ला अधिवेशन अझै वाँकी रहेकाले अविलम्व गर्न/गराउन निर्देशन समेत दिएको महासचिव साहले बताए । सो अवसरमा मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री समिम अन्सारी तथा युनियनका केन्द्रिय उपाध्यक्ष अनिल कुमार कर्णलाई मधेश समितिले सम्मान गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार