झापा । समाजवादी मोर्चा नेपाल झापाले असोज २४ गते बिर्तामोडमा सन्देशसभाको आयोजना गर्ने भएको छ ।
बिर्तामोडस्थित सीटी सेन्टरमा आयोजना गरिने सन्देशसभामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा माओवादीका केन्द्रीय सचिव चक्रपाणी खनाल ‘वलदेव’, एकीकृत समाजवादीका केन्द्रीय सचिव तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राई, जनता समाजवादी पार्टीका केन्द्रीय सह अध्यक्ष राजेन्द्र श्रेष्ठले सम्वोधन गर्ने कार्यक्रम तय भएको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइयो ।
नेकपाको संयोजकत्वमा चार दल सम्वद्ध समाजवादी मोर्चा नेपाल झापा गठन भएको र सोही मोर्चाले कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेकपाका केन्द्रीय सदस्य तथा पूर्व झापा इञ्चार्ज प्रशान्त सीको संयोजकत्वमा १२ सदस्यीय मोर्चा गठन भएको कार्यक्रममा जानकारी दिइयो ।
मोर्चाको सदस्यमा नेकपाका पश्चिम झापा इञ्चार्ज सञ्जय सी, नेकपाका पूर्वझापा सचिव हुकुम सी, नेकपा माओवादी केन्द्रका झापा सहइञ्चार्ज सीपी कडरिया, पुरुषोत्तम चुडाल, सचिव मोहन टुडू, नेकपा एकीकृत समाजवादीका झापा अध्यक्ष वेदराज रेग्मी, सचिव वीपी भट्टराई, जिल्ला कमिटी सदस्य पदम सुब्बा, जसपाका जिल्ला अध्यक्ष दीपेनवाला राई, प्रदेश सदस्य सनम राजवंशी, जिल्ला उपाध्यक्ष सन्तोष गणेश रहेका छन् ।
प्रतिक्रिया