राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग गर्दै, संभावितआर्थिक चलखेल बारे गहिरो छानविनको मागगर्दै प्रर्दशनमा उत्रिएका दशान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेल लगायत ११ जनालाई प्रहरीले गिरफ्तार गरेको हो । उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।
निशेधित क्षेत्र तोडेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध केन्द्रीत रहि असोज २१ गते देखि देशव्यापीअभियानप्रारम्भ गरेको जनाएको छ ।
यस क्रममाशान्ति समाजकापाल्पा, चितवन, दाङ, महोत्तरी, नवलपुर, शाखाले असोज २१ गते दाङ र सुर्खेत शाखाले २२ गते जिल्ला प्रशासन कार्यालय अगाडि आधा घण्टा प्रदर्शन गर्नुका साथै प्रधानमन्त्रीलाई लेखिएको १० बुँदे ज्ञापनपत्र, प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको समाजले जनाएको छ ।
प्रतिक्रिया