इन्द्र आङ्बो पनि मुख्यमन्त्री नियुक्तिको लागि दाबी गर्दै प्रदेश प्रमुख कार्यालयमा

विहीबार, २५ असोज २०८०
इटहरी । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र बहादुर आङ्बो पनि मुख्यमन्त्री  नियुक्तिको लागि दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । त्यहाँ स्थित संचारकर्मी किशोर बुढाथोकीले आङ्बो पनि दाबी गर्दै प्रमुखको कार्यालयमा पुगेको बताए । यसअघि नेपाली कांग्रेसको शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यसहित एमाले सांसदहरु मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेका छन् । कांग्रसका नेता केदार कार्कीलाई मुख्यमन्त्रीमा अगाडि सार्दै उनिहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार