अढाई दशकदेखि एमाले अध्यक्ष ओलीको झापामा हरेक वर्ष दशैं विशेष कार्यक्रम (तस्बीरमा जे देखियो)

शुक्रबार, ०३ कार्तिक २०८०
झापा । पूर्ब प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चाडवाडले सबै परिवारमा खुशी र स्नेह प्रदान गर्ने बताएका छन् । उनले गृह जिल्ला झापामा आयोजित बडादशैंको अवसरमा सबै नेपालीहरुलाई सुख र समृद्ध प्राप्त होस् भन्दै शुभकामना दिएका छन् । विजया दशमीको अवसर पारेर झण्डै अढाई दशकदेखि गर्दै आएको दशै विशेष कार्यक्रम यो वर्षपनि सम्पन्न भएको हो । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं राष्ट्रियसभामा विपक्षी दलका नेता देवेन्द्र दाहालका अनुसार २०५६ सालको भदौतिर पार्टीका तत्कालीन स्थायी कमिटी सदस्य ओलीसँग सल्लाह गरेर दशैंको नवमीको दिन हरेक वर्ष शुभकामना कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको हो । एमालेको झापा जिल्ला कमिटीका तत्कालिन सचिव दाहालका अनुसार ओलीले राजनीतिक उचाइ लिंदै गएपछि बढी समय काठमाडौंक कार्यक्रममा दिनु पर्दा जिल्ला र क्षेत्रका बासिन्दासँगको सामिप्यतालाई कम हुन नदिनका लागि यो कार्यक्रम निरन्तर गर्ने निर्णय गरिएको बताइएको छ । विगत वर्ष झैं बडादशैं, तिहार, छठ पर्वको अवसरमा नेकपा एमाले झापाले आयोजना गरेको कार्यक्रममा शुभकामना आदानप्रदान गर्दै दशैंले आफन्तबीचको सम्बन्ध सुदृढ गर्ने र आशीर्वाद लिने दिने काम गर्ने बताए । विदेशी संस्कृतिहरुप्रति आकर्षण बढेको भन्दै सचेत रहन समेत उनको आग्रह छ । कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चाडवाडको अवसरमा शुभकाना दिदैं नेपाली नागरिकको जीवनमा सुख र खुशियाली ल्याउन सकोस् भनेका छन् । उनले वर्तमान गठबन्धन सरकारको अत्याचार विरुद्ध एक हुन आव्हान समेत गरेका छन् । हरेक परिवारमा सरकारको महंगीको असर परेको भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका पौडेलले देशलाई आर्थिक संकटबाट जोगाउनुपर्ने धारणा राखेका थिए । शुभकामना आदानप्रदान कार्यक्रममा एमालेका नेता कार्यकर्ता, विभिन्न राजनीतिक दलहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, नागरिक समाज लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, कांग्रेस झापाका सचिव कृष्ण हुँमागाई, राप्रपाका जिल्ल अध्यक्ष केशव ओझा, माओवादी नेतृ धमशीला चापागाई, नागरिक समाजका तर्फबाट डा.रामबाबु गिरीले शुभकामना मन्तव्य राखेका थिए । नेकपा एमाले झापाले व्यवस्थापन गरेको कार्यक्रममा पार्टीलाई १० कठ्ठा जमिन निशुल्क सहयोग गर्ने डिल्ली सिटौलालाई अध्यक्ष ओलीले सम्मान समेत गरेका थिए । कार्यक्रममा नृत्य, गीत लगायतका प्रस्तुति गरिएको एमाले झापाका सचिव शिव ढुङ्गेलले जानकारी दिए । (फोटो फिचर)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार