तोलामै १३ सय बढेसँगै सुनको मूल्यमा फेरि अर्को कीर्तिमान, कति पुग्यो ?

आइतबार, १३ पुस २०८२

काठमाडौं । साताको पहिलो दिन आइतबार (पुस १३) सुनको मूल्यले अर्को ‘रेकर्ड’ बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १३ सय रुपैयाँ बढेर हालसम्मकै महँगो बनेको छ ।

यस दिन तोलाको दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार (पुस ११) पनि कीर्तिमान कायम भएको थियो । सो दिन तोलामै १८ सय रुपैयाँ बढेर दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलाको चार हजार ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । शुक्रबार भने चार हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार