आगलागीमा आमाछोराको जलेर मृत्यु

आइतबार, २६ कार्तिक २०८०
गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नं १ हुल्चुकमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । ७८ बर्षीया कान्छी गुरुङको घरमा गएराती आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आगलागी बाट घरभित्र भएका सबै सामानहरु जलेर नष्ट भएका छन् । हुल्चुक दुर्गम गाउँमा भएकोले र घटना रातीको भएपनि प्रहरीलाई आज बिहान मा खबर आएकोले प्रहरीको टोली घटनास्थल पुगेर आगलागीबारे विवरण लिइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार आगलागीको कारण यकिन भएको छैन् । मृतकको शव घटनास्थलमै रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार