७७औं मिनेटमा राफिन्हाले गोल गर्दै पुन बार्सिलोनालाई ३–२ ले अघि बढाए । ८६औं मिनेटमा ओरिओल सोल्डेभिलाले ह्याट्रिक पूरा गरेपछि ३–३ गोलको बराबरी हुँदा खेल अतिरिक्त समयमा लम्बियो ।
अतिरिक्त समयको १३औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई खेलमा पुनः ४–३ को अग्रता बनाए । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी भयो ।
बार्सिलोनासँग लगातार दवाव झेलेको इन्टरसिटीले काउन्टर अट्याकमा पाएको मौकालाई सदुपयोग गर्दै बार्सिलोनालाई बलियो चुनौती पेश गरेको थियो । इन्टर सिटी दोस्रो डिभिजनमा पनि रेलिगेसन क्षेत्रमा रहेको छ ।
प्रतिक्रिया