धनकुटा । प्रतिनिधि सभा सदस्य दीपक खड्का सवार गाडी धनकुटामा दुर्घटना भएको छ । दुर्घटनामा गाडी क्षतिग्रस्त भएपनी उनी लगायत यात्रु सुरक्षित छन् ।
सङ्खुवासभाको चैनपुरबाट विराटनगर जाँदै गरेको प्रदेश नं.१.०२.००२च३५४५ नम्बरको स्कर्पियो गाडी धनकुटाको सागुरिगढी गाउँपालिकाको कोलबोटेमा इटहरीबाट धनकुटा आउँदै गरेको प्रदेश नं.२.०३.००१ क१५२१ नम्बरको ट्रिपरसँग ठोकिएको हो । दुर्घटनामा टिपरका सहचालक सर्लाहीका २२ वर्षीय देवेन्द्र कुसवाह घाइते भएका छन् ।
उनलाई उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ । दुर्घटना पछि कोसी राजमार्गको भेडेटार सिम्सुवा खण्ड अवरुद्ध छ । सडक खुलाउन इटहरीबाट क्रेन बोलाइएको धनकुटा प्रहरीले जनाएको छ । राति दुर्घटना भएर भएर सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाले धरानबाट क्रेन मगाएको थियो ।
तर उक्त क्रेनले मात्र ट्रिपर हटाउन नसकेपछि अहिले बिहान अर्को क्रेन झिकाएर सडक क्लियर गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक राजुबाबु महर्जनले प्रदेश खबरलाई बताए ।
प्रतिक्रिया