यातायात व्यवस्था कार्यालय इटहरीका तत्कालीन प्रमुख नयराज नेपाल सहित पाँच कारागार चलान

मंगलबार, १९ मंसिर २०८०
विराटनगर  /  मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट भ्रष्टाचार मुद्धाका पाँचजना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ छ । सर्वसाधारणले राजस्व तिरेको रकम आफ्नै खातामा जम्मा गर्ने यातायात व्यवस्था कार्यालय कोसी, इटहरीका तत्कालीन प्रमुखसहित पाँचजना कारागार चलान भएका छन् । राजस्व हिनामिना मुद्दामा विशेष अदालतबाट कैद निर्धारणपछि फरार रहेका तत्कालीन प्रमुख नयराज नेपालसहित पाँचजना मंगलबार कारागार चलान भएका हुन् । फैसलापछि फरार भएका तत्कालीन कार्यालय प्रमुख नेपाल, लेखापाल मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी अदालतमा बुझाएको हो । मंगलबार पाँचै जनालाई कारागार चलान गरिएको मोरङ प्रहरीले जनाएको छ । विराटनगरमा लुकेर बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन कुमार दाहालले जानकारी दिए । उनले आफूहरूलाई फैसाला कार्यान्वयन गराउने क्रममा प्राप्त नामहरूका आधारमा भ्रष्टाचार मुद्दामा फरार रहेको जानकारी प्राप्त भएपछि पक्राउ गरिएको जानकारी दिए । राजस्व हिनामिना सम्बन्धी सो भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाण्डौँले यातायात कार्यालय इटहरीका तत्कालीन तीनजना उपसचिवहरू रमेश प्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, होमनाथ भट्टराई र लेखा अधिकृत सुरेश अधिकारी र सहलेखापाल टंक बहादुर खड्का सहित ११ जनालाई दोषी ठहर गरी कैद बिगो र जरिवाना तोकेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार