‘अहिले देशमा एकथरि तत्वहरू सांस्कृतिक विविधता, समुदायको पहिचान र अधिकारलाई संस्थागत गरि संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस गरिरहेका छन् ।
इतिहासले र विश्वको अनुभवले के प्रमाणित गरेको छ भने लोकतन्त्रमा मात्रै सबै स्ंस्कृतिहरू समानरूपमा मौलाउन र विकास हुन सक्छन् ।’ उनले भने, ‘त्यसैले संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न अहिलेको व्ववस्था उल्ट्याउन खोज्ने तत्वहरूविरूद्ध संघर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक छ ।’
उनले नवदुर्गा भवानी देवीको १२ वर्षेे ऐतिहासीक जात्रा समापन घोषणा गर्न पाउँदा गर्व महशुस भएको बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रपछि १२ वर्षेे ऐतिहासीक जात्रा समापन गर्ने आफु पहिलो प्रधानमन्त्री भएकाले यो इतिहासमा कहिल्यै पनि नमेटिने उनले दाबी गरे ।
उनले भने,‘नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रामा प्रमुख अतिथिको रुपमा समापन घोषणा गर्ने यो अवसर मिल्यो आफुलाई भाग्यशालि सम्झेको छु । सायद यो इतिहास कहिल्यै पनि मेटिदैन् । संघीय लोकतान्त्रिक गणतन्त्र आएपछिको म पहिलो प्रधानमन्त्री यो ऐतिहासिक जात्रामा समापन मा सहभागि हुने नवदुर्गाको पुजा गर्ने पहिलो प्रधानमन्त्री बन्ने अवसर पाए त्यो खुसीको कुरा हो । ’
प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्लाई मात्रै नेपालको राष्ट्रिय संवत् बनाउनुपर्नेमा जोड दिए ।
उनले विश्वका बिभिन्न देशमा संवद मनाउदा अन्तराष्ट्रिय र राष्ट्रिय दुई वटा नै मनाउने गरेको भन्दै चाँडै नेपाल संवत्लाई मात्रै नेपालको राष्ट्रिय संवत् बनाउने दाबी गरे ।
उनले भने,‘ आज तपाईहरुले भन्नुभएको छ काम काज भाषामा कै रुपमा बागमति र काठमाडौ उपत्यकामा त अहिले कामकाज भाषाको रुपमा नै प्रयोग हुँदै आएको छ । विस्तारै सायद एउटा अन्तराष्ट्रिय संवत् हुन्छ । एउटा राष्ट्रिय संवद हुन्छ । विश्वका बिभिन्न देशमा संवद मनाउदा दुईवटा नै मनाउने गर्छन् । हाम्रो यहाँ पनि सायद राष्ट्रिय संवत् नेपाल संवत् मात्रै हुन्छ भन्ने मैले सुनेको छु । हामी मिल्यौं भने त्यो दिन पनि धेरै टाढा छैन । नेपाल संवत् मात्रै नेपालको राष्ट्रिय संवत् हुन सक्छ ।’
प्रधानमन्त्री प्रचण्डले सातदोबाटो देखि चाँपागाउँसम्मको सडक विस्तार गर्न आवश्यक देखिएको भन्र्दै सरकाले बाटो विस्तारमा पहल गर्ने प्रतिवद्धता जनाए ।
उनले भने, सातदोबाटो देखि चाँपागाउँसम्म मूख्य रुपमा बाटो त बन्यो तर २२ मिटरको हुनु पर्ने भएको छैन् । त्यो बाटो विस्तारको माग गरिएको छ । यो बाटोमा म आफै जानकार पनि छु र बाटो विस्तार गर्ने कुरामा मेरो नेतृत्वको सरकारले पहल गर्ने विश्वास सबैलाई दिलाउन चाहन्छु । ’
प्रतिक्रिया