‘हामीले युवापुस्ताको जीवनमा आउने उताढचढावलाई मुख्य बिषय बनाएका छौं । प्रत्येक साता सिरिजको रुपमा प्रसारण हुनेछ ।’ निर्देशक घिमिरेले भनिन् ।
वेव सिरिज ‘मै राम्री’ को दुई साता अघिनै ट्रेलर सार्वजनिक भइसकेको र टे«लरलाई दर्शकले मन पराइदिएको निर्देशक घिमिरेले बताएकी छन् । मित्र गुरुङले सम्पादन गरेको उक्त ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
शुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको सिरिजमा रामबाबु रेग्मी, गिता अधिकारी, दिनेश काफ्ले, सन्तोष बाँनिया, रेखा लिम्बु, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई, मिलन राईको अभिनय रहेको छ भने बालकलाकारहरुमा दिभान्शीं बैदवार र अभ्निशा महर्जनको पनि अभिनय रहेको छ ।
महिलाहरुलाई केन्द्र विन्दु वनाएर पहिले देखिनै सिरिज बनाउने चाहाना रहेको र अहिले आएर सफल भएको कुन्जनाले बताएकी छन् । विगतका दिनमा दिएकै माया अव प्रसारण हुन लागेको सिरिजमा पनि दर्शकले गरिदिनेमा आफु आशावादी रहेको निर्देशक कुन्जनाको भनाई छ ।
प्रतिक्रिया