राष्ट्रियसभा सदस्यका लागि कोशीबाट नाम सिफारिस

मंगलबार, १० पुस २०८०
विराटनगर । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । समिति सभापति उद्धव थापाको सभापतित्वमा विराटनगरमा बसेको बैठकले जिल्लाबाट आएका सिफारिसका आधारमा केन्द्रीय समितिमा नाम सिफारिस गरको हो । कांग्रेसको कोशी प्रदेश समितिका सूचना तथा सञ्चार संयोजक बासु कोइरालाका अनुसार पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा. मिनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस गरिएको हो । यसैगरी, पूर्वसांसद डिला संग्रौला, नेविसंघ पूर्वसभापति गुरुराज घिमिरे, नेताहरु उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको पनि सिफारिस गरिएको छ । राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीको पदावधि सकिँदैछ । गठबन्धनबीच भागबण्डा हुँदा एक जनाको कोटा कांग्रेसले पाउने सम्भावना छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार