गोरु काट्दै गरेका ५ जना मोरङको पथरीबाट पक्राउ

बुधबार, ११ पुस २०८०
पथरी / मोरङको  पथरीशनिश्चरेमा गोरु काट्ने क्रममा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा गोरु काट्ने कार्यमा संलग्न रहेका भवानी लिम्बु,आशिश लिम्बु,रामकुमार मगर,सुनिल लिम्बु र पञ्च राईलाई पक्राउ गरेको हो । पथरीशनिश्चरे ९ स्थित गुम्बा डाँडामा पदम तामाङको खालि घरमा उनीहरूले गोरु काटेर भाग लगाउँदै गरेको बेला प्रहरी चौकी कुशे चौरीले पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका पाँचै जनालाई प्रहरी चौकी कुशेचौरीमा राखेर अनुशनधान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार