इटहरी । नेविसंघ सुनसरीले त्रिभुवन विश्वविद्यालयका बेथिति र उपकुलपति नियुक्ति लगायतको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएको छ । नेविसंघ सुनसरीका अध्यक्ष प्रमोद भट्टराईले आज सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा पठाएको हो ।
`त्रिभुवन विश्वविद्यालयमा भएको बेथिति र पनिका बल्खुको ढिलासुस्तीले विद्यार्थीलाई परेको समस्या साथै त्रिभुवन विश्वविद्यालयमा उपकुलपति र पदाधिकारीहरू खुल्ला रूपमा नियुक्त गर्नु पर्ने माग राखेर नेबिसंघ सुनसरीले जिल्लाभरका क्याम्पसहरूमा चलाएको प्रधानमन्त्रीलाई पत्र अभियानमा सङ्कलित पत्रहरू जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयमा पठाएका छौ´,अध्यक्ष भट्टराईले भने ।
त्यस्तै उनले नेविसंघको आन्दोलन जारी रहेको बताए । `काइतेपुर्ण रूपमा खोलिएको उपकुलपति को विज्ञापनप्रति असहमति जनाउँदै यसलाई संशोधन गर्न आग्रह गर्दछौ ´उनले भने ।
प्रतिक्रिया