विराटनगर । कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले पार्टीबाट राजीनामा दिएका छन् ।
उनी पुस २४ गते प्रदेश सभाको बैठकबाट निरविरोध सभामुखमा निर्वाचित भएका हुन् ।
सभामुखमा निर्वाचित भएसँगै उनले आफू आबद्ध दल राप्रपाको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । उनले पार्टी केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा लेखिएको छ ।
‘म झापा गौराहद-७ निवासी अम्बर बहादुर विष्ट राप्रपाको स्थापनाकालदेखि नै सदस्य भई हाल पार्टीको केन्द्रीय सदस्यको रूपमा रहिरहेको अवस्थामा पार्टीले कोशी प्रदेश सभाको सदस्यको रूपमा निर्वाचित गराएकोमा हार्दिक आभार व्यक्त गर्दछु । मिति २०८०।०९।२४ गते कोशी प्रदेश सभाले मलाई सभामुखको रूपमा निर्वाचित गराएकोले पदीय मर्यादा कायम राख्दै सो पदमा रहुन्जेल पार्टीको कुनै पनि पदमा बस्न नमिल्ने भएकोले पार्टीको सबै पदीय जिम्मेवारीबाट अलग रहेको ब्यहोरा निवेदन गर्दछु’।
प्रतिक्रिया