बिर्तामोडमा माघ ६ गते राप्रपाको कार्यकर्ता भेला

विहीबार, ०४ माघ २०८०
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको बिर्तामोडमा कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ । माघ ६ गतेका लागि राप्रपाले नगरस्तरीय विस्तारित भेला आयोजना गरेको हो । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्य रहने गरी नगरस्तरीय विस्तारित भेलाको तयारी गरिएको राप्रपा नगर समितिका अध्यक्ष रञ्जु प्याकुरेलले बताइन् ।इन्द्रेणी पार्टी प्यालेसमा आयोजना गरिएको भेलामा अनिवार्य सहभागिताका लागि राप्रपाले आफ्ना सबै नेता कार्यकर्तालाई अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार